१३ साउन, काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ ।
मंगलबार छापावाला सुन तोलामा ६ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो । मंगलबार सुन प्रतितोला १ लाख ९३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन तोलामा १ लाख ९३ हजार ६ सय रुपैयाँ थियो ।
करिब एक हप्तामै सुनको मूल्य ४ हजार ६ सय रुपैयाँले घटेको छ । यहि साउन ७ गते १ लाख ९७ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
त्यस्तै, मंगलबार चाँदीको मूल्य भने ५ रुपैयाँ बढेको छ । मंगलबार चाँदी प्रतितोला २ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेकोे महासंघले जनाएको छ । सोमबार भने चाँदी प्रतितोला २ हजार २ सय ९५ रुपैयाँ थियो ।





