१२ साउन, काठमाडौं । सुदूरपश्चिम प्रदेशका २ जना मन्त्री सवार गाडी एक-आपसमा ठोक्किंएका छन् ।
मंगलबार दिउँसो सवाँ १ बजे कैलालीको चिसापनीमा आयोजित कार्यक्रममा जाने क्रममा भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्र पाल र आन्तरिक मामिला तथा कानूनमन्त्री हिरासिंह सार्की सवार गाडी एक-आपसमा ठोक्किंएका हुन् । सोही कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली पनि चिसापानी पुगेका छन् । मन्त्रीद्वय पाल र कार्की पनि त्यसतर्फ जाने क्रममा दुई वटा गाडी एक-आपसमा ठोक्किंएका हुन् ।
कार्की चढ्ने से.१ झ ३३० र पाल चढ्ने बा.२ झ १४१९ नम्बरको गाडी एक-आपसमा ठोक्किंएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको हो । गाडीमा क्षति भएको भएता पनि मानवीय क्षति भने नभएको प्रहरीले बताएको छ । सोही ठक्करबाट बा.२ झ १४१९ नम्बरको गाडीको पछाडीको भागमा क्षति पुगेको हो ।
त्यस्तै, से.१ झ ३३० नम्बरको गाडीको अगाडि पट्टिको भागमा क्षति पुगेको प्रहरीले बताएको छ ।





