आर्थिक

एनआईसी एशिया बैंकका ग्राहकलाई लेमोन ट्रि-प्रिमियर होटलमा २० प्रतिशत छुट

१४ साउन, काठमाडौं । एनआईसी एशिया बैंक र बुढानीलकण्ठ हेरिटेज लिमिटेडबीच विशेष छुट उपलब्ध गराउने विषयमा सम्झौता भएको छ ।

सोही सम्झौतापछि यस बैंकका ग्राहक महानुभावहरुले लेमोन ट्री- प्रिमियर होटल बुढानीलकण्ठमा सेवा लिई डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने भएका हुन् । ग्राहकहरुले उक्त होटलको आवास सेवा, खाना तथा पेय पदार्थमा १५ प्रतिशत र स्पा सेवामा २० प्रतिशतको विशेष छुट सुविधा उपभोग गर्न सक्ने बैंकले जनाएको छ ।

उक्त सम्झौता पत्रमा यस बैंकका तर्फबाट डिजिटल पेमेन्ट इकोसिस्टम प्रमुख बिमल लम्साल र बुढानीलकण्ठ हेरिटेज लिमिटेडका तर्फबाट जनरल म्यानेजर मनोज कुमार थापाले बुधबार हस्ताक्षर गरेका हुन् । सोही सुविधाको उपभोग गर्न ग्राहरुहरुले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ ।

बुढानीलकण्ठ हेरिटेज लिमिटेडसँगको यस सहकार्यले ग्राहकहरुलाई विशेष छुट उपलब्ध हुनुका साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको हो ।