१४ साउन, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबार परिसूचकमा उच्च अंकको गिरावट देखिएको छ ।
नेप्से परिसूचक ४७ दशमलव ९३ अंकले घटेर २ हजार ९ सय ५४ दशमलव १४ को विन्दुमा कायम भएको हो । यो एक दशमलव ५९ प्रतिशतको गिरावट भएको नेप्सेले जनाएको छ। ३ सय २७ कम्पनीको ३ करोड ६४ लाख १७ हजार ७ सय ४२ कित्ता शेयर १ लाख ४१ हजार ५ सय २० पटक खरिदबिक्री हुँदा १६ अर्ब ४४ करोड १३ लाख ५४ हजार ४ सय ८ बराबरको कारोबार भएको हो ।
बुधबारको कारोबारमा अन्य समूह शून्य दशमलव ८५ प्रतिशतले बढेको छ । अन्य सबै समूहको उपसूचक भने घटेको हो । विकास बैंक र लघुवित्त समूहको उपसूचकमा उच्च गिरावट देखिएको छ । सान्भी इनर्जी लिमिटेड र ट्रेड टावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।
ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्य ८ दशमलव ४ प्रतिशतले घटेको नेप्सेले जनाएको छ ।





