१५ साउन, काठमाडौं । एनआईसी एशिया बैंकले कोरियन स्किन हस्पिटल लेट मेइनसँग आफ्ना ग्राहकहरुका लागि विशेष छुट उपलब्ध गराउने सम्बन्धमा सम्झौता गरेको छ ।
बैंकले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो सम्झोता भएको जनाएको हो । काठमाडौंको नयाँ बानेश्वर, महाराजगञ्ज र पोखराको चिप्लेढुंगामा सञ्चालिन कोरियन स्किन हस्पिटल लेट मेइनमा विभिन्न सेवाहरुमा ग्राहकहरुका लागि विशेष छुट उपलब्ध गराउने सम्बन्धमा सम्झौता गरिएको जानकारी गराएको छ ।
सोही सम्झौतापछि यस बैंकका ग्राहकहरुले लेट मेइनमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने पनि जनाइएको छ । ग्राहकहरुले यस कम्पनीले उपलब्ध गराएका विभिन्न सेवाहरु कपाल प्रत्यारोपण, अनुहार, बुढ्यौली रोक्ने उपचार, दाग उपचार, मुँहासे उपचार, हाइपरबेरिक अक्सिजन थेरापीमा १० प्रतिशत र कोरियन उत्पादनहरुमा ८ प्रतिशतको छुट सुविधा उपभोग गर्न सक्ने बैंकले जनाएको हो ।
सुविधाको उपभोग गर्न ग्राहकहरुले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने समेत जानकारी गराइएको छ । लेट मेइनसँगको यस सहकार्यले ग्राहकहरुलाई विशेष छुट उपलब्ध हुनुका साथै देशको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गर्न सहयोग पुग्ने बैंकले विश्वास लिएको हो ।




