राजनीति

सबै नेपालीले खुशीका साथ खीर खान पाउने वातावरण निर्माणमा लाग्न प्रधानमन्त्री ओलीको आग्रह

१५ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपाललीले खुशीका साथ प्रत्येक साउन १५ मा खीर खाने वातावरण निर्माणमा लाग्न आग्रह गरेका छन् ।

नेकपा एमालेको साहित्य, कला तथा संस्कृति विभागले बिहीबार आयोजित स्रष्टा भेटघाट तथा खीर खाने कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् । तराई मधेशमा यस वर्ष सुख्खा लागेकोले राम्रो खेती हुन नसकेको अवस्थामा सिचाइको उचित प्रबन्ध गर्न सरकार लागिपरेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले सनकोशी मरिन डाइभर्सन, रानी जमरा कुलरिया र तमोर लगायतका आयोजना छिटो सक्न पनि निर्देशन दिएको समेत जानकारी गराएका थिए ।