आर्थिक

सुनचाँदीको मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ त कारोबार ?

१६ साउन, काठमाडौं । नेपाली बजारमा शुक्रबार पनि सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार छापावाल सुन तोलामा ५ सय रुपैयाँले घटेको जनाएको हो । शुक्रबार छापावाल सुन तोलामा १ लाख ९३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार भने तोलामा १ लाख ९३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, शुक्रबार चाँदीको मूल्य पनि ३५ रुपैयाँले घटेको छ । चाँदीको मूल्य शुक्रबार तोलामा २ हजार २ सय ३५ रुपैयाँमा कारोबार भएको हो । बिहीबार चाँदीको मूल्य तोलामा २ हजार २ सय ७० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।