समाचार

अग्रज र सहिदका संकल्पलाई पूरा गर्न दृढताका साथ लाग्नुपर्नेमा प्रधानमन्त्री ओलीको जोड

१७ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वाम–लोकतान्त्रिक आन्दोलनका अग्रज र सहिदका संकल्पलाई पूरा गर्न दृढताका साथ लाग्नुपर्नेमा जोड दिएका छन् ।

नेकपा एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित तुल्सीलाल अमात्यको २८ औं स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो जोड दिएका हुन् । प्रधानमन्त्री ओलीले देशभक्तिपूर्ण आन्दोलन र समृद्धिको सपना पूरा गर्न नयाँ पुस्ता दृढताका साथ अघि बढ्नुपर्ने बताएका छन् । उनले तुल्सीलालले निष्ठा र त्यागको राजनीतिका आधारमा देखाएको आदर्शलाई पछ्याउँदै अघि बढ्ने संकल्प गर्नुपरेको बताएका थिए ।

प्रधानमन्त्री ओलीले संविधान सभाबाट गणतन्त्र ल्याउने अग्रजहरूको लामो समयदेखिको दूरदृष्टिकै आधारमा संविधान सभाले नेपालको संविधान बनाएको समेत स्मरण गरेका छन् ।