समाचार

राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

१७ साउन, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री ओली राष्ट्रपति पौडेललाई भेट्न शनिबार दिउँसो राष्ट्पति कार्यालय शीतल निवासमा पुगेको प्रधानमन्त्रीको सचिवालयले जनाएको हो । प्रधानमन्त्री ओली र राष्ट्रपति पौडेलबीच भएको भेटवार्ताका क्रममा के-के कुराकानी भएको भन्ने बारेमा भने खुलाइएको छैन ।

तर प्रधानमन्त्री ओली आइतबार तुर्कमेनिस्तान नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जाने भएका छन् । सम्भवत सोही विषयमा प्रधानमन्त्री ओलीले राष्ट्रपति पौडेललाई जानकारी गराएको भन्ने बुझिएको छ । योसँगै अन्य समसामयिक राजनीतिक विषयमा पनि छलफल हुनसक्छ ।