आर्थिक

नेपाली बजारमा आज सुनचाँदीको मूल्य ह्वात्तै बढ्यो, तोलामा कतिमा हुँदैछ कारोबार ?

१८ साउन, काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य ह्वात्तै बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार छापावाला सुन प्रतितोला ३ हजारी ४ सय रुपैयाँले बढेको जनाएको हो । योसँगै आइतबार सुनप्रति तोला १ लाख ९६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार सुन प्रतितोला १ लाख ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि आइतबार तोलामा १५ रुपैयाँले बढेको छ । चाँदी आइतबार प्रतितोला २ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको हो । चाँदी शुक्रबार २ हजार २ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३ हजार ३ सय ६४ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएको छ ।