राजनीति

बागमतीका मुख्यमन्त्री तामाङले दिए राजीनामा

१८ साउन, काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह तामाङले राजीनामा दिएका छन्।

१ वर्ष वर्ष ९ दिन सरकारको नेतृत्व गरेर तामाङले आइतबार मुख्यमन्त्री पदबाट राजीनामा दिएका हुन्। २०८१ साल साउन ९ गते मुख्यमन्त्रीमा शपथ लिएका तामाङ बागमती प्रदेशका मुख्यमन्त्री नेपाली कांग्रेसबाट र तामाङ समुदायका पहिलो हुन्।

पार्टी सभापति शेरबहादुर देउवाको निर्देशन अनुसार आफूले राजीनामा दिएको उनको भनाइ छ । मुख्यमन्त्री तामाङले आइतबार साँझ ६ बजे मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय परिसरस्थित प्रदेश सुशासन हलमा पत्रकार सम्मेलन गर्दै आफ्नो कार्यकालमा भएका प्रगति विवरण समेत सुनाएका थिए।

उनले आफू इमान्दरपूर्वक काम गरेको बताउँदै आफ्नै दलभित्रको प्रपञ्चबाट सरकार छोड्नु परेको बताएका छन्। यो घटना क्रमबाट नभाग्ने पनि लामाको भनाइ थियो। यो घटनाक्रमले लोकतन्त्र र गणतन्त्रमाथि खतराको संकेत गरेको मुख्यमन्त्री तामाङको आरोप छ।

संविधानमा आफूलाई मुख्यमन्त्रीमा अझै सुनिश्चित गरे पनि पार्टीभित्र बृहत् छलफलपछि राजनीतिमा विधि पद्धति मूल्य मान्यता स्थापित गर्न उचित ठानेको उनको भनाइ छ । पार्टीका सभापति देउवाले मार्गप्रशस्त गर्न आग्रह गरेका कारण आफूले मुख्यमन्त्री पदबाट राजीनामा दिन बाध्य भएको तामाङको जानकारी गराएका थिए ।