समाचार

बहुविवाह सम्बन्धी व्यवस्था संशोधन गर्न उपसमिति गठन: गृहमन्त्री लेखक

२० साउन, काठमाडौं । सरकार बहुविवाह सम्बन्धी नयाँ गर्न लागिएको भनिएको व्यवस्था संशोधन गर्न तयार भएको छ ।

सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषदको विधेयक समितिको बैठकले उक्त व्यवस्था संशोधन र परिमार्जन गर्न उपसमिति गठन गरेको गृहमन्त्री रमेश लेखकले जानकारी दिएका हुन् । विधेयक समितिमा मुलुकी अपराध संहिता, मुलुकी फौजदारी कार्यविधि संहिता, मुलुकी देवानी संहिता, मुलुकी देवानी कार्यविधि संहिता र सजाय निर्धारण सम्बन्धी ५ वटा विधेयकमा संशोधनको प्रस्ताव प्रस्तुत भएको मन्त्री लेखकको भनाइ छ ।

मन्त्री लेखकले बहुविवाह सम्बन्धी व्यवस्था, विवाहको उमेर सम्बन्धी व्यवस्था,अग्रिम जमानत सम्बन्धी व्यवस्था, कैद जरिवानाको मुल्तवी, माफी र परिवर्तनसम्बन्धी व्यवस्थाहरूमा थप छलफल गर्नुपर्ने तथा संशोधन परिमार्जन गर्नुपर्ने देखिएका कारण विधेयक समितिमा एउटा उपसमिति गठन गरिएको जानकारी गराएका थिए ।