सूचना प्रविधि

‘नेपालमा शाओमी टिभीको प्रभाव र सम्भावना’

२१ साउन, काठमाडौं । पछिल्ला केही वर्ष यता इलेक्ट्रोनिक्स बजारमा नेपालका उपभोक्तामा उल्लेखनीय मात्रमा परिवर्तन देखिएको छ ।

प्रविधिमा चासो राख्ने मात्र होइन, आम उपभोक्तासमेत अहिले स्मार्ट टिभी, होम अडियो र इन्टरनेट जडित उपकरणतर्फ आकर्षित भएका हुन् । यस परिवर्तनको केन्द्रमा रहेका ब्रान्डहरू मध्ये शाओमी एक शक्तिशाली नाम बनेको छ ।
चीनमा स्थापना भएको शाओमी कम्पनीले नवीनता, सहज प्रयोग र किफायती मूल्यलाई आधार मानेर विश्वव्यापी बजारमा आफ्नो पहिचान बनाएको हो ।

नेपालको सन्दर्भमा हेर्ने हो भने, शाओमीले स्मार्टफोनबाट सुरु गरेको उपस्थति अहिले स्मार्ट टिभी सेग्मेन्टमा समेत प्रभावशाली बन्दै गएको छ । प्रविधि, पहुँच, डिजाइनको सन्तुलनः शाओमीका टिभीहरू नेपाली बजारमा उपलब्ध अन्य ब्रान्डहरूसँग तुलना गर्दा, मूल्य र गुणस्तरको हिसाबले सन्तुलित देखिन्छन् । साना कोठाका लागि टिभी, अनि ठूला मनोरञ्जन कक्ष वा लिभिङ रूमका लागि टिभीहरू सबै खालका उपभोक्तालाई लक्षित गरी बजारमा ल्याइएको छ ।

यी सबै मोडेलमा गुगल टिभी, क्रोमकास्ट र गुगल असिस्टेन्ट जस्ता अत्याधुनिक स्मार्ट फिचरहरू छन् । जसले प्रयोगकर्ताको अनुभवलाई अझ सहज र समृद्ध बनाउँछ । प्रत्येक मोडेलले प्रयोगकर्ता अनुकूलता, प्रविधिको समायोजन र मूल्य सन्तुलन प्रस्तुत गर्छ । स्मार्ट टिभी रोजाइमा शाओमीले विश्वव्यापी मात्र होइन, नेपाली बजारमा समेत आक्रामक उपस्थिति देखाइरहेको छ । जसले उपभोक्ताका लागि नयाँ विकल्पहरू सिर्जना गरिरहेको छ ।