२२ साउन, काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर भएको छ ।
छापावाला सुन बुधबार प्रतितोला १ लाख ९८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । सोही मूल्यमा सुन बिहीबार पनि कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै , चाँदीको मूल्य भने बिहीबार १० रुपैयाँले बढेको हो । बिहीबार चाँदी २ हजार ३ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी बुधबार २ हजार ३ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ३ सय ७८ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएको छ ।





