आर्थिक

यसवर्ष साढे ४ अर्ब रूपैयाँ बढीको विद्युत विदेश निर्यात गर्न सफल: प्रधानमन्त्री ओली

२४ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्ष साढे ४ अर्ब रुपैयाँ भन्दा बढीको विद्युत विदेश निर्यात गर्न सफल भएको बताएका छन् ।

प्रधानमन्त्री ओलीले शनिबार सामाजिक संजाल मार्फत यस्तो जानकारी गराएका हुन् । विद्युत आयात परिमाण घटाउँदै लगेको समेत उनले बताएका छन् । विगतमा बिजुलीको आम प्रयोगमा लोडसेडिङ हटे पनि उद्योगहरूमा विद्युत कटौती गरिंदै आएको पनि उनले जानकारी गराएका थिए ।

प्रधानमन्त्री ओलीले अब उद्योगमा पनि विद्युत प्रवाह बढाइएको बताएका छन् ।

प्रधानमन्त्री ओलीले सामाजिक संजालमा यस्तो लेखेका छन्ः