समाचार

सहकारी प्रकरण: रविले रिहाइको माग गर्दै दिएको निवेदनमाथि सुनुवाई हुँदै

२६ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बिगो बराबरको धरौटी राखेर रिहाइको माग गर्दै अदालतमा दिएको निवेदनको पेशी तोकिएको छ।

रुपन्देही जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासमा लामिछानेको निवेदनको पेशी तोकिएको हो। लामिछानेले निवेदनसँगै बिगोबापतको २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक ग्यारेन्टी बुझाइसकेको अवस्थामा मुद्दाको सुनुवाइ अघि बढेको छ ।

सुप्रिम सहकारी संस्थाको करोडौं बचत रकम ठगी अभियोगमा २०८१ साल चैत २२ गते उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।

सोही आदेशलाई सर्वोच्च अदालतले पनि सदर गरेपछि लामिछाने अहिले भैरहवा कारागारमा थुनामा रहेका छ ।