२३ भदौ, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले झन्डै तीन सय जना उपप्राध्यापकको माग गरेको छ । आज शिक्षा सेवा आयोगले गोरखापत्रमा सूचना प्रकाशित गरेर उक्त उपप्राध्यापकको माग गरेको हो ।
कानुन, अर्थशास्त्र, राजनीति शास्त्र, पत्रकारिता, अंग्रेजी, नेपाली, कम्प्युटर शिक्षालगायत ४७ वटा विषयमा त्रिविले उपप्राध्यापकमा दरबन्दी माग गरेको हो । त्रिवि सेवा आयोगले भदौ २९ गतेदेखि कात्तिक १२ गतेसम्म आवेदन दिने समय सीमा तोकेको छ । यसपछिको ७ दिनमा आवेदन दिएमा दोब्बर दस्तुर लाग्ने बताइएको छ ।
शैक्षिक बेरोजगारीको यो भीडमा यसबाट केही राहत हुने अनुमानसमेत गरिएको छ ।







