राजनीति

सुशीला कार्की नेपालको पहिलो महिला प्रधानमन्त्री नियुक्त र शपथ, ६ महिना भित्र निर्वाचन हुने सङ्केत

२७ भदौ, काठमाडौँ । पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्रीमा नियुक्त भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई नयाँ प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । 

हक्की स्वभावकी पुर्व  प्रधानन्यायाधीश कार्कीलाई जेएनजीको आन्दोलनको प्रधानमन्त्रीमा नियुक्त गरेको हो । जेएनजीका समूहहरू भएर विभिन्न व्यक्तिलाई प्रधानमन्त्रीका लागि अघि सारे पनि काठमाडौंका मेयर बालेन्द्र शाह र उनको पक्षका जेएनजीको मागअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई नयाँ प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । 

संसद् भङ्ग गरी ६ महिनाभित्र निर्वाचन घोषणा गर्ने गरी नयाँ प्रधानमन्त्री कार्कीले भूमिका खेल्ने राजनीतिक विश्लेषकहरूले दाबी गरेका छन् । अब प्रधानमन्त्री कार्कीले उक्त सिफारिस गर्नेछिन् । 

कार्कीले राष्ट्रपति भवन शीतल निवासमा आज नयाँ प्रधानमन्त्रीमा शपथसमेत लिएकी छन् । उनी विराटनगरका दुर्गा सुबेदीकी पत्नी हुन् ।