राजनीति

कुलमानले मात्र पाए भौतिक, शहरी विकास तथा भौतिक मन्त्रालयको जिम्मा, खनाल अर्थ तथा अर्याल गृह र कानुन

२९ भदौ, काठमाडौँ ।   प्रधानमन्त्री सुशीला कार्कीले तीन जना मन्त्रीको नाम टुङ्गो लगाएकी छन् । उनले विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जा मन्त्रालय, सहरी विकास मन्त्रालय तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

यसै गरी गृह र कानुन मन्त्रालयमा ओम प्रकाश अर्यालले जिम्मेवारी पाएका छन् भने अर्थमन्त्रीमा रामेश्वर खनाल नियुक्त भएका छन् । जेएनजी पुस्ताको आन्दोलनका कारण प्रधानमन्त्रीबाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजीनामा दिएपछि पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले प्रधानमन्त्रीको पद सम्हालेकी छन् भने प्रतिनिधि सभासमेत भङ्ग भइसकेको छ । 

आजै प्रधानमन्त्रीमा शपथ खाएकी सुशीला कार्कीले तीन सदस्यीय मन्त्रीपरिषद् विस्तारको तयारी गरेकी छन् ।