राजनीति

मन्त्रीत्रय कुलमान, रामेश्वर तथा ओम प्रकाशद्वारा जलेको संसदभवन निरीक्षण (तस्विरसहित)

१ असोज, काठमाडौँ । जेएनजी आन्दोलनका क्रममा ध्वस्त भएकाे संसद् भवन आज अर्थमन्त्री रामेश्वर खनाल गृहमन्त्री ओ प्रकाश अर्याल तथा उर्जामन्त्री कुलमान घिसिङसहितको टोलीले निरीक्षण गरेको छ । 

यही भदौ २३ र २४ गतेको जेएनजी आन्दाेलनका क्रममा संसद् भवन जलेर ध्वस्त भएको थियो भने अहिलेसम्म ७४ जनाको निधन भइसकेको छ ।

संसद् भवनभित्र प्रवेश गर्न खोजेका जेएनजीहरुलाई प्रहरीले गोली चलाउँदा १९ जना जेएनजीहरुको २३ गते निधन भएको थियो भने भोलीपल्ट अथवा २४ गते आन्दोलनकारीहरूले जलाएर ध्वस्त बनाएका थिए । 

सेना, शसस्त्र प्रहरी, जनपद प्रहरी तथा पत्रकारहरूका साथमा उच्च स्तरका व्यक्तिहरूबाट संसद् भवन निरीक्षण भएको हो ।