राजनीति

मैले कार्यबाहक सभापति मागेको भन्ने कुरा गलतः वरिष्ठ नेता डा कोईराला

२६ असोज, काठमाडौँ । डा शेखर कोईरालाले आफूले सभापति शेरबहादुर देउवासँग कार्यबाहक सभापति मागेको भनेर आएको समाचार गलत भएको बताएका छन् ।
आज काँग्रेस वरिष्ठ नेता डा शेखर कोईरालाका स्वकीय सचिव दिनेश थपलीयाले प्रेश विज्ञप्ती जारी गर्दै उक्त कुरामा असहमती जनाएका छन् ।
केही अनलाईनहरुमा वरिष्ठ नेता डा कोईरालाले कार्यबाहक सभापति माग गरेको भन्ने समाचारहरु सम्प्रेशण भएका थिए ।

विज्ञप्तीमा भनिएको छ, ‘२०८२ असोज २६ गते, आइतबार प्रकाशित अनलाइनखबरमा ‘देउवासँग शेखरले कार्यवाहक मागेको दाबी’ शीर्षकमा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको छ ।
उक्त समाचारमा संस्थापन पक्षको नाम लिएर उल्लेखित कुराहरु पूर्णतः तथ्यहीन, भ्रामक र कपोलकल्पित छन् । समाचारमा उल्लेख गरिएका बिषयहरूमा कुनै पनि सत्यता नरहेको स्पष्ट पार्न चाहन्छु ।
जिम्मेवार सञ्चार माध्यमले समाचार प्रकाशित गर्नु अघि कम्तिमा सूचना परीक्षण गर्ने पत्रकारिताको न्यूनतम् आचारसंहिताको पालनाका लागि अनुरोध समेत गर्दछु !!’’