९ कात्तिक, महाराजगन्जमा प्रहरीलाई कुटी कुटी मारेको अभियोगमा थप पाँच जनालाई आज प्रहरीले पक्राउ गरेको छ ।
नेपाल प्रहरीले यस अघि पनि केही व्यक्तिहरू पक्राउ गरिसकेको अवस्थामा आज पक्राउ पर्नेहरूमा गोरखाका २१ वर्षीय सोमबहादुर गुरुङ, तनहुँका २१ वर्षीय राजीव गुरुङ, युनिक श्रेष्ठ, सर्लाहीका १७ वर्षीय सुमित तितुङ र रामेछापका १६ वर्षीय दीपक मगर लाई पक्राउ गरी अनुसन्धानका लागि थुनामा राखिएको प्रहरी प्रवक्ता विनोद घिमिरेले बताएका छन् ।
यही भदौ २३ र २४ गतेको जेएनजी आन्दोलनका क्रममा प्रहरीलाई महाराजगन्जमा हुलले कुटी कुटी मारेको थियो । जेएनजी आन्दोलनका नाममा नरसंहार भएको थियो । दोषीलाई अनुसन्धान गरी कारबाही गर्ने कार्य अग्र गतिमा अगाडी बढाई रहेको सुशीला कार्की सरकारले आज केही बेरमा मन्त्री परिषद् बिस्तार गर्ने कार्यक्रम छ ।





