अन्तर्राष्ट्रिय

ट्रम्प–सी भेट: अमेरिकासँग चीनको व्यापार युद्धको मोड?

१२ कात्तिक, काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङ आज दक्षिण कोरियामा पहिलोपटक आमने–सामने बैठकका लागि उपस्थित हुनेछन् । यो भेट दुई राष्ट्रबीच हाल जारी व्यापारिक विवादको पृष्ठभूमिमा निकै महत्वपूर्ण मानिएको छ।

कोरियाको स्थानीय समय अनुसार बिहान ११ बजे बुसानमा हुने बैठकको पुष्टि ह्वाइट हाउस र चिनियाँ विदेश मन्त्रालय दुवैले गरेका छन्।

दुवै नेता यस अवसरमा द्विपक्षीय सम्बन्ध, व्यापार तथा अन्य साझा चासोका विषयमा गहन वार्ता गर्ने तयारीमा छन्। यसअघि मलेसियामा दुई देशका उच्च अधिकारीहरूले व्यापार सम्झौताको रूपरेखा तयार पारेका थिए, जुन बैठकको पूर्वाधारको रूपमा काम गर्नेछ।

साथै ट्रम्प र सी एशिया–प्यासिफिक इकोनोमिक कोअपरेशन ९एपेक०को सम्मेलनमा पनि उपस्थित हुनेछन्। बैठकमा अमेरिकी किसानहरूका लागि सोयाबिन तथा कृषि वस्तुको खरिद–बिक्री, व्यापार सन्तुलन र शुल्कसम्बन्धी विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

रोयटर्सका अनुसार, चीनले यस भेटअघि अमेरिकाबाट सोयाबिनका तीन खेप खरीद गरिसकेको छ, जुन यस वर्षको पहिलो ठूला अमेरिकी कृषि खरिद मानिन्छ। हालैको व्यापार विवादले अमेरिकी कृषकहरूलाई ठूलो नोक्सानी पु¥याएको थियो।

विशेषज्ञहरूले यो भेटवार्ता अमेरिकी–चिनियाँ व्यापार तनाव कम गर्ने एउटा महत्वपूर्ण कदम हुनसक्ने बताएका छन्।