राजनीति

प्रचण्डले माधव नेपालसँग एकीकरण गरेपछि जनार्दन बिच्किए, माओवादी फुट्ने दिए सङ्केत

१५ कात्तिक, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल र नेता जनार्दन शर्माबिच पानी बाराबारको अवस्था सृजना भएको छ ।

आज माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबिच एकीकण गर्नका लागि पुष्पकमल दाहाल र माधव नेपालले सहमति गरिसकेको समयमा माओवादी र एकीकृत समाजवादी एकीकरण गर्नु घातक हुने भन्ने अभिव्यक्ति मिडियामा आएको केही बेरमा नै जनार्दन शर्मालाई काउन्टर दिँदै जनार्दन शर्माका आरोपहरू गलत र घातक भएको प्रतिक्रिया दिएका छन् । 

अध्यक्ष दाहालको पार्टीमा माओबादीका अधिकांश नेताहरूले एकीकृत समाजबादीसँग एकता हुने विषयलाई मान्न नसक्ने प्रतिक्रिया दिइसकेका छन् भने एकीकृत समाजवादीमा पनि झालनाथ खनाल, घनश्याम भुसाल, रामकुमारी झाँक्रीलगायतका नेताहरूले माओवादीसँग एकता हुने कुरालाई नमान्ने बताइसकेका छन् । 

२०६२/०६३ सालपछि टुक्रा टुक्रा भएको माओवादी पुनः दाहाल र शर्मा गरी फुटको सङ्घारमा पुगेको देखिन्छ ।