समाचार

आज देखि सरकारी कार्यालयको कार्य समय एक घण्टा घट्ने

१६ कात्तिक, काठमाडौं । आज देखि सरकारी कार्यालयको काम गर्ने समय एक घण्टा घट्ने भएको छ। सरकारका अनुसार माघ १५ गतेसम्म कार्यालयहरू बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म मात्र खुल्नेछन्।

शुक्रबारको दिन भने कार्यालयहरू बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म सञ्चालन हुनेछन्। माघ १६ गतेपछि पुनः पुरानै समयअनुसार बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म कार्यालय खुल्ने व्यवस्था लागू हुनेछ।

सरकारले राजपत्रमा सूचना प्रकाशित गरेर प्रत्येक वर्ष सार्वजनिक बिदा र कार्यालयको कार्य समय निर्धारण गर्ने प्रथा अनुसार यो समय तालिका तय गरेको हो।