१८ कात्तिक, काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता शेखर कोइराला पक्षका नेताहरूको भेला आज केही बेरमा नयाँबानेश्वर स्थीत थापा गाउँ पार्टी प्यालेसमा हुने भएको छ ।
नियमित महाधिवेशन गर्ने त्यो पनि भएन भने विशेष महाधिवेशन गर्ने भनेका संस्थापन इतर समूहले यस अघि नै भेला गर्ने भनेका भनिए पनि केन्द्रीय समिति बैठक सेरका कारण आजलाई सारेका थिए ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई जेएनजीको भदौ २३ र २४ गतेको आन्दोलनमा आक्रमण गरेपछि उनले कार्यबाहक सभापतिमा पूर्ण बहादुर खड्कालाई जिम्मेवारीमा दिएका छन् ।
सभापति देउवा पत्नी आरजु राणासहित विदेश गएका छन् भने काठमाडौँमा काँग्रेसको १५ औँ महाधिवेशनको तयारी एकातिर र समूहगत भेला अर्कातिर देखिएका छन् ।
नेपाली काँग्रेसमा मूलतः डा शेखर कोइराला, पूर्णबहादुर खड्का र गगन थापा आगामी महाधिवेशनका सभापतिका मुख्य दाबेदार देखिएका छन् ।
आजको भेलामा आम नेता कार्यकर्ता व्यापक उपस्थिति हुने अनुमान नेता गुरुराज घिमिरेले लगाएका छन् । आजको भेलामा डा कोइरालाको उपस्थिति हुने सम्भावना भने नभएको बताइएको छ ।





