१८ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलगायत नौ दलबीचको एकता प्रक्रियापछि नयाँ पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ प्रस्ताव गरिएको छ। माओवादी केन्द्रको बैठकले उक्त नाम प्रस्ताव पारित गरेको जनाएको छ।
यो प्रस्ताव माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशन आयोजक समितिको अन्तिम बैठकबाट पारित गरिएको हो। माओवादी नेता रामप्रसाद सापकोटा ‘दिपशिखा’का अनुसार एकीकृत पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ र चुनाव चिन्ह तारा रहने प्रस्ताव गरिएको छ।
बैठकमा पारित गरिएको उक्त प्रस्ताव अन्य एकतामा संलग्न दलहरूसँग पनि छलफल गरी अन्तिम टुंगो लगाइने माओवादी नेताहरूले बताएका छन्।





