राजनीति

रामकुमारी झाँक्रीको दाबी: एकीकृत समाजवादी र माओवादीको कति टुक्रा भएर फुट्छ हिसाबै छैन

२० कात्तिक, काठमाडौँ ।  नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले जेनजी आन्दोलनका कारण लाखौँ सदस्य भएका ठुला पार्टीका सदस्यले पार्टी जोगाउन किन नसकेको ? 

झन्डै दुई तिहाई मतको सरकारका प्रधानमन्त्री किन भाग्नुपर्ने अवस्था आयो ?

भैरवनाथ गणबाट ५० मिटर टाढा भएको राष्ट्रपति कार्यालय किन बचेन ?  दलहरू कमजोर किन बने ? एक अर्काले एकअर्कालाई आरोप प्रत्यारोप गर्ने कार्य गरेका कारण दलहरू आफैँ कमजोर भएका होइनन् र ?

विद्यालयहरू शान्ति क्षेत्र हुन् भन्दै गर्दा विद्यालयमा आगजनी र तोडफोड भए, राजनीतिक अन्यौलता कारण फेरी पनि यस्ता जेएनजी आन्दोलन जस्ता घटना पनि हुँदैनन् भन्ने कसैले सुनिश्चित गर्ने ? 

हायात होटलले आफ्नो व्यवसाय बन्द गर्न बाध्य भयो, सयौँलाई रोजगार दिएको उक्त होटलले सरकारले सुरक्षा दिन नसके कसरी काम गर्ने  ? भन्ने प्रश्न होटलले सोधेको छ, त्यसको उत्तर कसले दिने ?

उनले काठमाडौँको बसेर होटेलमा भएको पत्रकार सम्मेलनमा कुरा गर्दै एमाले, माओवादी, एकीकृत समाजवादी सबै पार्टीमा आफू सुरक्षित हुनेगरी मात्र नेताहरू सबै लागेको देखिएको बताएकी छन् । 

उनले पार्टी कमजोर भयो भने राज्य व्यवस्था नै कमजोर हुने रहेछ, लोकतन्त्रको कमजोर अभ्यास भयो भने राज्यमा जेनजी आन्दोलन जस्ता घटना दोहोरिँदैनन् भन्ने के छ र ? नागरिक जीवनका मुद्धाहरु व्यक्तिगत कुण्ठाका कारण पार्टीहरूले, विशेषतः कम्युनिस्ट पार्टीहरूले नउठाउँदा अन्य व्यक्तिहरूले जनताका एजेन्डा उठाएका छन् । 

उनले त्यस्तो कुण्ठा त्यागेर पुनः अव बृहत् लोकतान्त्रिक रूपमा विचार मिल्नेहरूसँग अगाडी बढ्ने कुरा बत्ताइन् । उनले देशैभरका वडासम्मका तहमा सबैलाई एक भएर अगाडी बढ्न अनुरोध गरेकी छन् । उनले समाजवादी पार्टीमा आफूहरू पार्टीविहीन भएको बताउँदै एकीकृत समाजवादी र माओवादी पार्टी एकीकरण भएपछि आफूहरू पाटीविहीन हुने भन्दै नयाँ विचार, सङ्कल्प र सोचका साथ अगाडी बढ्ने दृढता व्यक्त गरेकी छन् । 

उनले आफुहरु पनि सुध्रिएर अगाडी जाने भन्दै संसारै बदल्छौँ भनेर ठुला कुरा भने आफूहरूले नगर्ने बताए । जेएनजी विद्रोहलाई सकारात्मक रूपमा लिएर मुलुक बदल्न लाग्नुपर्छ भन्दै विभाजनले शक्ति आर्जन गर्न नसकेको एकताले समेत शक्ति आर्जन नसकेको उदाहरण प्रशस्त भएको उनले बत्ताइन् । त्यसमा गन्तव्यको भने सुनिश्चितता हुनुपर्ने उनको भनाई छ । 

उनले विचार, सिद्धान्त नमिली, क्षणिक रूपमा मात्र देश जलाएर खरानीमा भाग लगाउँदै पार्टी मिल्ने शृङ्खला बन्द गर्नुपर्छ भनेकी छन् ।