आर्थिक

राष्ट्र बैङ्कको प्रवक्तामा पौडेल

१९ कात्तिक, काठमाडौँ । नेपाल राष्ट्र बैङ्कको प्रवक्तामा गुरु प्रसाद पौडेल नियुक्त भएका छन् । 

आज राष्ट्र बैङ्कले २०५९ सालमा राष्ट्र बैङ्क सेवा सुरु गरेका पौडेललाई राष्ट्र बैङ्कको प्रवक्तामा नियुक्त गरेको हो । पौडेलको बैङ्क तथा वित्तीय संस्था नियमन विभाग, भुक्तानी प्रणाली विभाग, विदेशी विनिमय व्यवस्थापन विभाग, बैङ्क सुपरिवेक्षण विभागलगायतमा कार्यभार सम्हालेको अनुभव रहेको छ । 

यसअघि उक्त प्रवक्तामा किरण पण्डित रहेका थिए ।