२० कात्तिक, काठमाडौं । नेकपा एमालेसँग सम्बद्ध युवा संघ नेपालले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहविरुद्ध साइबर ब्युरोमा उजुरी दर्ता गराएको छ। संघका प्रतिनिधिहरूले बुधबार साइबर ब्युरो पुगेर मेयर शाहले सामाजिक सञ्जालमा हालसालै लेखेको स्टाटसले राजनीतिक दलहरूको मानमर्दन गरेको आरोप लगाएका छन्।
साइबर ब्युरोका एक अधिकारीका अनुसार उजुरी दर्ता प्रक्रिया हाल चलिरहेको छ। मेयर शाहले १६ कात्तिकको मध्यरातमा आपत्तिजनक शब्द प्रयोग गरिएको एक स्टाटस लेखेका थिए, जुन केही समयपछि उनले आफ्नो सामाजिक सञ्जालबाट हटाएका थिए।





