राजनीति

कर्मचारी कटौतीमा असन्तुष्टि, संघ–प्रदेश पदाधिकारीको बैठक

२१ कात्तिक, काठमाडौं । संघीय संसद् र प्रदेश सभाका पदाधिकारीहरूको संयुक्त बैठक आज बिहान ११ बजे बस्दैछ। बैठक राज्य व्यवस्था तथा सुशासन समितिको सभा कक्षमा आयोजना गरिएको सभामुखका प्रेस विज्ञ शेखर अधिकारीले जानकारी दिएका छन्।

जेन–जी आन्दोलनपछि बनेको सरकारले प्रशासन सुधारको नाममा संघीय संसद् पदाधिकारी र सांसदहरूलाई दिइँदै आएका कर्मचारी सुविधा कटौती गरेको थियो। सो निर्णयप्रति संसद् असन्तुष्टि जनाउँदै पदाधिकारीहरूले छलफलका लागि संयुक्त बैठक बोलाएका हुन्।

यसअघि सभामुख देवराज रिमाल, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल लगायतका पदाधिकारीहरूले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर निर्णय फिर्ता लिन आग्रह गरेका थिए। प्रधानमन्त्री कार्कीले अर्थमन्त्री र सम्बन्धित अधिकारीसँग छलफल गरी आवश्यक निर्णय गर्ने बताएकी थिइन्।