राजनीति

चन्द–शर्मा–भूसाल सहकार्यमा, सबैको ध्यान केन्द्रित

२१  कात्तिक, काठमाडौं । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लव, माओवादी केन्द्र छाडेका जनार्दन शर्मा र एकीकृत समाजवादी छाडेका घनश्याम भूसालले राजनीतिक अन्योल समाधानका लागि सहकार्य गर्ने भएका छन्।

शुक्रबार हरिसिद्धीस्थित विप्लवनिवासमा भएको बैठकमा तीन नेताले मुलुकको पछिल्लो राजनीतिक अवस्था र कम्युनिष्ट पार्टीबीच सहकार्यबारे छलफल गरे। भूसालले भने, “हामी सहकार्यमा छौं, तर एकीकरणको भ्रम नपरोस्। विगतको सहकार्यलाई समीक्षा गर्दै अघि बढ्नेछौं।”

शर्माले ‘प्रगतिशील अभियान नेपाल’ मार्फत युवालाई एकीकृत गर्ने घोषणा गरे भने भूसालले एकीकृत समाजवादीबाट नआएका समूहलाई समेट्ने बताए। विप्लवले काठमाडौंमा जनसभा गर्दै कम्युनिष्ट पार्टीहरूबीच सच्चा एकताको आवश्यकता दोहोर्याए।

आजै तीन नेताको संयुक्त विज्ञप्ति जारी हुने छ।