२१ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा मंसिर २४ गते विशेष महाधिवेशन गर्ने प्रस्ताव गरिएको छ।
केन्द्रीय सदस्य मधु आचार्यले मंगलादेवी सिंहको जन्मजयन्तीको दिनदेखि विशेष महाधिवेशन सुरु गर्ने सुझाव दिएका हुन्। उनले चुनाव नजिकिँदै गरेको अवस्थालाई औंल्याउँदै छोटो समयमा अधिवेशन सम्पन्न गर्नुपर्ने बताए।
५४ प्रतिशत प्रतिनिधिले माग गरेअनुसार महाधिवेशनको तयारी अघि बढाउन सकिने उनको भनाइ थियो।





