२३ कात्तिक, काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेत र जेनजेड आन्दोलनका नेता सुदन गुरुङबीच नागरिकता विषयलाई लिएर सामाजिक माध्यममा वाक्युद्ध भएको छ।
बस्नेतले युवासंघ नेपालको बैठकमा सुदन गुरुङको नागरिकता छानबिन गर्न सरकारलाई एक हप्ते अल्टिमेटम दिएको निर्णयको समर्थन गर्दै त्यसलाई “देशप्रेमको उदाहरण” भनेका छन्।
उनको उक्त अभिव्यक्तिपछि सुदन गुरुङले सामाजिक सञ्जालमा व्यंग्यात्मक शैलीमा प्रतिक्रिया दिँदै लेखेका छन्, “थ्याङ्क यू माय डियर ब्रदर बस्नेत” मेरो १० पुस्ते निस्केपछि मेरो नागरिकता तपाईंको निधारमा सुपर ग्लुले टाँसिदिन्छु।”
दुवै नेताबीचको यो सार्वजनिक वाक्युद्ध अहिले सामाजिक सञ्जालमा व्यापक रूपमा चर्चाको विषय बनेको छ।





