समाचार

मुख्यमन्त्री विवादमा कर्मचारीमाथि कुटपिट

२४ कात्तिक, काठमाडौं । मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्ति विवादका क्रममा कर्मचारीमाथि आक्रमण भएको छ।

असन्तुष्ट दलका नेता र कार्यकर्ताहरुले प्रदेश प्रमुखको कार्यकक्षमा तोडफोड गर्दा रेकर्ड फाइल जोगाउने प्रयास गर्ने कर्मचारीमाथि कुटपिट गरेका हुन्।

यद्यपी, ती कर्मचारीलाई अर्का एक सहकर्मीले तत्कालै आक्रोशित भीडबाट निकालेर सुरक्षित स्थानमा पुर्‍याएका थिए।