२६ कात्तिक, काठमाडौं । कवीर सोप नेतृत्वको नागरिक उन्मुक्ति पार्टी नेपाल अब आधिकारिक रूपमा निर्वाचन आयोगमा दर्ता भएको छ। पार्टीले १३ कात्तिकमा दर्ता निवेदन दिएको थियो र आयोगले ‘जाँतो’ चुनाव चिन्हसहित दर्ता प्रमाणपत्र प्रदान गरेको हो।
जेनजी आन्दोलनपछि दर्ता हुने यो पाँचौं नयाँ राजनीतिक दल हो। यसअघि हर्क साम्पाङको श्रम संस्कृति पार्टी, गतिशील लोकतान्त्रिक पार्टी, नेपाल जनमुक्ति पार्टीबाट फुटेको राष्ट्रिय जनमुक्ति पार्टी, र जनमत पार्टीबाट छुट्टिएको जनस्वराज पार्टी दर्ता भइसकेका छन्।
निर्वाचन आयोगका अनुसार अहिलेसम्म १२६ दल दर्ता भइसकेका छन् भने २९ नयाँ दलले दर्ता निवेदन दिएका छन्।





