२७ कात्तिक, काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले सभापति शेरबहादुर देउवा र डा आरजु देउवामाथि भएको जेहनजी आन्दोलनका क्रममा भएको आक्रमणको निन्दा गरेका छन् ।
उनले आज नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठकमा बोल्दै जेहनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गते भएको हिँसाको विषयमा छानबिन गर्ने बताएका छन् ।
उनले आफू साँसदमात्र नभएर नेपाली काँग्रेसको जिम्मेवार व्यक्ती भएको बताएका छन् । उनले आफ्ना बारेमा गरिएका निन्दा घरसम्म नलग्न भन्दै आफूसँग गफ गर्नेलाई सम्झाउने भन्दै एक भाइले टेलिभिजनमा बोलेको कुरामा आफूले आपत्ति जनाउँदा उहाँले क्षमा मागेको दृष्टान्त सुनाए ।
उनले आफू १३ औँ र १४ औँ महाधिवेशनमा सभापतिमा कोइरालालाई मत हालेको भन्दै त्यस समयमा आफू दुई पटक नै महामन्त्री उम्मेदवार भएको बताए । २०६८ सालदेखि बुढा नेताहरूलाई जिम्मेवारी छाड्न अनुरोध गरेको भन्दै त्यस अभियानलाई २०८२ सालसम्म पर्खिएको स्मरण गराए ।
उनले आफ्नो घर जलाउँदा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गर्दा आफूले सिनियर नेताहरूलाई सम्झाउन नसकेको भन्दै बहुमतले भन्यो मैले माने भन्ने सभापति शेरबहादुर देउवाको उत्तर आएको भन्दै उनले आफूहरू नेता भनेको पार्टीको झन्डा पनि नबोक्ने, लेवि पनि नतिर्ने तर निर्वाचनमा रुखमा मत हाल्नेको सङ्ख्या लाखौँ भएको बताए ।
उनले आफूले विगतका निर्वाचनमा गठबन्धन नगर्ने पनि भनेको तर गठबन्धन गर्दा चुप लागेर निर्वाचन लड्दा पश्न चिन्ह खडा भएको बताए । उनले पार्टीका निर्णयहरुमा काँग्रेस र एमाले मिलेर सरकार निर्माण गर्नुहुन्न सभापति देउवालाई पार्टी तपाईँको प्राइभेट कम्पनी हो ? भनेर साध्दा बहुमतको निर्णय मानेको स्मरण गरे ।
गगन थापाले भने, ‘जेहनजी आन्दोलनमा घर जल्ने साथीहरूलाई नेपाली काँग्रेस साथमा छ भन्ने बुझ्नुस्’





