समाचार

निर्वाचन आयोगमा हाल १२२ दल: चुनावपछि ७ खारेज, ७ नयाँ थपिए

३० कात्तिक, काठमाडौं । निर्वाचन आयोगले हालसम्म १२२ राजनीतिक दल दर्ता भएको जानकारी दिएको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, यसबीच ७ नयाँ दल दर्ता भएका छन् भने ७ दल खारेज भएका छन्।

हाल २८ वटा दल दर्ताका लागि प्रक्रियामा छन्। आयोगले कागजात अध्ययन र सनाखतपछि मात्रै प्रमाणपत्र दिने प्रक्रिया अगाडि बढाइरहेको छ। आयोगले नयाँ दलको किसिम (जेनजी वा अन्य) छुट्टाउने काम भने अहिलेसम्म गरेको छैन।