सामाजिक सञ्जाल

एक्स, च्याटजिपीटीसहित ७५ लाख वेबसाइटमा किन आयो समस्या ?

२ मङ्सिर, काठमाडौँ ।आज बेलुलका एका एक वेबसाइटमा समस्या आयो । नेपालको चर्चित न्यूजसाइट पोटल सहित चर्चित सामाजिक सञ्जाल एक्स, ओपनएआईको च्याटजिपीटी समेत नखुलेपछि सामाािजक सञ्जालमा खैलाबैला मच्चियो ।
क्लाउड फेयर मर्मत गर्दा विश्वभरका ७५ लाख वेबसाइटमा समस्या आएको हो ।

क्लाउड फेयरले आफ्नो वेबसाइटमा सूचना राख्‍दै मंगलबार साँझ सवा ५ बजेदेखि समस्या आएको जनाएको छ ।

क्लाउड फेयरका कारण सर्भर डाउनको जानकारी दिने वेबसाइट डाउन डिरेक्टर बन्द हुन पुगेको छ ।

क्लाउडफेयर एउटा इन्टरनेटमार्फत चल्‍ने इन्फ्रास्ट्रक्चर कम्पनी हो, जसले वेबसाइट तथा एप्लिकेशनहरूलाई द्रूत गतिमा सुरक्षित र भरपर्दो बनाउन मद्दत गर्दछ। तर, अहिले क्लाउड फेयर नै मर्मत भइरहेका कारण संसारभरका क्लाउडफेयरमा चल्‍ने वेबसाइटहरू बन्द हुन पुगेका छन् ।