खेलकुद

एनपीएल–२ : काठमान्डु गोखार्जको दोस्रो जित

९ मंसिर, काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिल) अन्तर्गत आज काठमान्डू गोर्खाजले लुम्बिनी लायन्स विरुद्ध जित निकालेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनीले काठमान्डुलाई १५८ रनको लक्ष दिएको थियो । जसमा काठमान्डुले १९.१ ओभरा अल आउट गरेर जित निकालेको हो ।

काठमान्डुले २० ओभरमा ८ विकेट गुमाएर १५७ रन बनाएको थियो । लुम्बिनी भने १३५ रन मात्र बनाउन सफल भएको थियो ।
काठमान्डुका कप्तटान करण केसी सम्चिन्दा काठमान्डुले बढी रनको लक्ष दिएको हो । केसीले ११ बलमा ३४ रन हानेका थिए । जसमा ५ छक्का हानेर काठमान्डुको स्कोर बढाए ।

लुम्बिनीका कप्तान रोहित पौडेल, खेलाडी शेर मल्ल, गुल्बादिन नायब, रूबेन ट्रम्पलम्यानले दुई÷दुई विकेट लिए ।

योसँगै काठमान्डुले ३ खेलमा एक हार तथा दुई टामा जित निकालेको छ ।

यस्तै रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनीले तिन खेल खेलेको छ । एउटामा जित निकालेको छ भने दुई हार व्यहोरेको छ ।