राजनीति

कुलमान, बालेन र सुदनलाई प्रक्राउ गर्न एमाले नेता महेश बस्नेतको माग

१० मंसिर, काठमाडौं । नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले ऊर्जामन्त्री कुलमान घिसिङ, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र जेनजी अभियन्ता सुदन गुरुङलाई पक्राउ गर्नुपर्ने बताएका छन् ।

बुधबार धनगढीमा युवा संघ नेपालले आयोजना गरेको युवा जागरण अभियानमा पुगेर बस्नेतले यस्तो बताएका हुन् । आफ्नो कार्यक्रममा बाधा पुराएको बस्नेतको आरोप छ ।

‘जेनजी समूहलाई अराजक र उत्तेजक बनाएर र आफूलाई जेनजीका नेता ठान्ने हाम्रो कार्यक्रममा बाधा पु¥याउन षड्यन्त्र गर्ने कुलमान घिसिङ, बालेन र सुदन गुरुङ हुन्,’ बस्नेतले भनेका छन्, ‘यिनलाई पक्राउ गरेर छानबिन गर्नैपर्छ ।’

‘प्रहरी प्रशासनलाई धन्यवाद दिनैपर्छ,’ बस्नेतले भनेका छन्, ‘उनीहरूले देखाएको उच्च सतर्कता र जिम्मेवार भुमिकाले आजसम्म कुनै पनि अप्रिय घटना दिएको छैन ।’