११, मंसिर, काठमाडौं । सुन तस्करीको आरोपमा पुर्पक्षमा थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महरा धरौटीमा रिहा भएका छन् ।
उच्च अदालत पाटनले २० लाख रुपैयाँ तोकेसँगै उनी धरौटि बुझाएर रिहा भएका हुन् ।
महरालाई तत्काल थुनामा राख्न पर्ने कुनै कारण नदेखिएको भन्दै उच्च अदालतले धरौटिमा छाड्न पाटनका न्यायाधीशद्धय अर्जुनप्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको बिहीबारको इजलासले फैसाला गरेको छ ।
‘मुल जाहेरीमा महराको नामै छैन । पहिलो पुरक अभियोगमा पनि उनीबारे केही उल्लेख छैन । अरु अभियुक्तले पनि पोल गरेको देखिँदैन’ फैलसाला भनिएको छ ।





