सामाजिक सञ्जाल

राप्रपा र राप्रपा नेपाल एकता गर्न कमल थापाको प्रस्ताव 

११ मंसिर, काठमाडौं । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपा) एकीकरण गर्ने बाटो खुलेको छ । 

राप्रपा नेपालका अध्यक्ष थापाले सामाजिक सञ्जाल फेसबुक मार्फत पार्टी एकता गर्न लिङ्देनलाई आग्रह गरेका छन् । राप्रपाले पनि आज समाज विचारधारा भएको दलहरूसँग एकता गर्ने निर्णय गरेको स्वागत गर्दै थापाले पार्टी एकता गर्ने आग्रह गरेका छन् । 

राजावादीसँग एकता गर्ने निर्णय गरेकोमा थापाले लिङ्देन र राप्रपाका नेतृत्वलाई धन्यवाद समेत दिएका छन् । 

जेन्जी आन्दोलनपछि तीव्र गतिमा भइरहेको राजनीतिक ध्रुवीकरणको सन्दर्भमा राष्ट्रवादी शक्तिहरूको एकता अनिवार्य बनेको थियो।भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्ने जेन्जी युवाहरूको आन्दोलनको अधुरो कार्य पूरा गर्ने जिम्मेवारी अब राष्ट्रवादी शक्तिहरूको काँधमा आएको थापाको भनाई छ । 

‘अब ढिलो नगरी एकता प्रक्रियालाई टुङ्ग्याऔँ र भ्रष्टाचारको अन्त्य,सुशासनको प्रत्याभूति एवं हिन्दु राष्ट्र र राजसंस्थाको पुनर्स्थापना गर्न देशव्यापी अभियान सुरु गरौँ’, थापाले भनेका छन् ।