खेलकुद

एनपीएल : जनकपुरले दियो सुदूरपश्चिमलाई १४६ रनको लक्ष्य

१३ मंसिर, काठमाडौं । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चलिरहेको नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोएल्सलाई १४६ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले ८ विकेट गुमाएर १४५ रन बनाएको हो । साविक विजेता जनकपुरले २० ओभरमा ८ विकेट गुमाएर १४५ रन बनाएको हो ।

बलिङमा सुदूरपश्चिमका अभिनाश बोहराले चार, स्कट कुगेलेइन तीन विकेट लिए ।

तीन खेल खेलेर अङ्कविहीन अवस्थामा रहेको जनकपुर आज जित निकाल्दै पहिलो जित दर्ता गर्ने लक्ष्यमा छ । अङ्क तालिकाको पुछारमा रहेको जनकपुरले यो खेल नजिते ‘प्लेअफ’ दौडबाट बाहिरिने सम्भावना छ ।

यता अपराजित रहेको सुदूरपश्चिम भने चारवटै खेल जितेर अङ्क तालिकाको पहिलो स्थानमा छ ।

आजको खेल जितेर सुदूरपश्चिम ‘प्लेअफ’मा स्थान सुरक्षित गर्न चाहन्छ । यसका साथै सुदूरपश्चिम गत संस्करणको फाइनलमा जनकपुरसँग हारेको बदलासमेत लिने दाउमा छ ।

आजै भएको पहिलो खेलमा लुम्बिनीसँग पोखरा पराजित भएको थियो।