राजनीति

कांग्रेसमा महाधिवेशको किचलोले फेरी सर्यो केन्द्रीय कार्यसमितिको बैठक

१३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसमा महाधिवेशन पेचिलो बनेपछि आइतबारका लागि तोकिएको केन्द्रीय कार्यसमितिको बैठक फेरी सरेको छ ।

कांग्रेसका मूख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार आइतबार दिनको २ः०० बस्ने भनिएको बैठक सोमबार दिनको २ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा बस्ने भएको छ ।

उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य,ं आमन्त्रित सदस्य र सातै प्रदेश कार्यसमितिका सभापतिहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ ।