राजनीति

महाधिवेशन गर्न देउवा सहमत, सात भाइको आनाकानी 

१३ मङ्सिर, काठमाडौँ । नेपाली काँग्रेसको महाधिवेशन टुङ्गो नलागेपछि भोली बस्ने भनिएको केन्द्रीय कार्यसमितिको समितिको बैठक फेरी सरेको छ । महाधिवेशनको टुङ्गो गर्न काँग्रेसका सभापति सेरबहादुर देउवाको घरमा पुगेका छन् । 

देउवा भने पुस मसान्त भित्र महाधिवेशन गर्ने सहमति जनाएका छन् भने अन्य सात भाइले भने आनाकानी गरेका छन् । काँग्रेस स्रोतका अनुसार विमलेन्द्र निधि, कृष्ण सिटौला, प्रकाशमान सिंह, डा शशाङ्क कोइराला, गोपालमान श्रेष्ठ, प्रकाश शरण महत र विजयकुमार गच्छदारले भने आनाकानी गरेका छन् । 

महामन्त्री द्वय गगन कुमार थापा र विश्वप्रकाश शर्मा भने नियमित वा विशेष भए पनि महाधिवेशन गर्ने पक्षमा छन् ।