लुम्बिनी

स्वास्थ्य संस्थामा ल्याब सेवा

१५ मङ्सिर, तम्घास (गुल्मी) । रुरुक्षेत्र गाउँपालिका सबै स्वास्थ्य संस्थामा ल्याब सेवा सञ्चालन गरएिको छ । वडा नम्बर ३ मा रहेको थानापति ल्याब सेवा सञ्चालन गरेसँगै रुरुक्षेत्रका छ वटै वडाका नागरकिको पहुँचमा ल्याब सेवा पुगेको हो ।

ल्याब सेवा सञ्चालनका लागि प्रत्येक स्वास्थ्य चौकीमा एक/एक ल्याब टेक्नसियिनको दरबन्दी थप गरएिको छ । ल्याब सेवा सुरू भएपछ स्थानीयलाई रगत, पसिाब, हर्मोन लगायतका रोगको परीक्षण गर्न रिडी वा श्रृङ्गा अस्पताल जानुपर्ने बाध्यता अन्त्य भएको छ । त्यसैगरी गर्भवतीलगायत अन्य बरिामीको रगत परीक्षण, रगत ग्रुपको पहचिान लगायतका सेवामा सहज भएको गाउँपालकिाले जनाएको छ ।

स्वास्थ्य चौकीबाट यसभन्दा पहिले खोप सेवा, गर्भवती जाँच, परविार नियोजन, सर्ने तथा नसर्ने रोग, सरकारले तोकेका औषधकिो उपलब्धता लगायतका सेवा प्रदान हुदैँ आएको थियो । गाउँपालकिा अध्यक्ष यदु ज्ञवालीका अनुसार स्वास्थ्य क्षेत्रमा रुरुक्षेत्र अब्बल बन्दै गएको छ । “गाउँपालिका भत्रिका सबै नागरकिलाई सहज स्वास्थ्य सुवधिा उपलब्ध गराउने लक्ष्य हो”, अध्यक्ष ज्ञवालीले भने, “नर्विाचनमा गरेको प्रतबिद्धताअनुसार काम गरेका छौँ ।” उनले रिडीमा १५ शैय्याको अस्पताल सञ्चालनको अन्तिम तयारी भएको बताए ।