सामाजिक सञ्जाल

डा आचार्यकाे कुलमानप्रति आक्रोश: सरकारका मन्त्रीले झण्डावाल गाडीमा हिँडेर धन्दा चलाउने हो र ?

१५ मङ्सिर, काठमाडौँ ।  संविधानविद् डा भीमार्जुन आचार्यले के मन्त्रीमण्डललाई कुनै मन्त्रीको आफ्नो धन्दा चलाउने प्लेटफर्मको रूपमा प्रयोग गर्न मिल्ने हो  ? भन्दै कुलमान घिसिङलाई प्रश्न गरेका छन् । 

उनले मन्त्रीसन्त्री कुलमान घिसिङले पछिल्लो समयमा निर्वाचन पनि लड्ने मन्त्री पनि बन्ने भन्ने समाचार बाहिरिएपछि आक्रोश पोख्दै उक्त कडा प्रश्न सोधेका हुन् । 

डा आचार्यको भनाई जस्ताको तस्तैः 

यो सरकार अरू सरकार भन्दा अति नै भिन्न र विषम परिस्थितिमा निर्माण भएको सरकार हो । जसको प्रमुख म्यान्डेट नै सुशासन र सु-निर्वाचन रहेको छ । जो आफैमा निर्वाचन हो । यस्तो सरकारका मन्त्री वा प्रधानमन्त्री नै झन्डा हल्लाउँदै पद सहित निर्वाचनमा उठ्ने र उठ्न पाउने हो भने सरकारले भन्ने गरेको सुशासन र सु निर्वाचन काहॉं जान्छ , सङ्कट मोचनको रूपमा जेनजी आन्दोलनको जनआदेशलाई वैधताको स्रोत मानेर यो सरकार गठन भएको हो । यसको अरू कानुनी र संवैधानिक स्रोत छैन । भदौ २३ को कलिला युवाहरू माथिको सँभार र भदौ २४ को राष्ट्रको सार्वभौकिता माथिको राखमा गठन भएको सरकार हो यो । यस्तो सरकार के आफैँमा रोल मोडेल र इतिहासमा नाम लिन लायक बन्नु पर्ने होइन ? के मन्त्रीमण्डललाई कुनै मन्त्रीको आफ्नो धन्दा चलाउने प्लेटफर्मको रूपमा प्रयोग गर्न मिल्ने हो ? यदि यस्तै हो भने यो सरकारले हिजोका सत्ताधारी दललाई प्रश्न गर्ने नैतिक र राजनीतिक शक्ति काहॉंबाट पाउॅंछ? कृपया आफ्नो जिम्मेवारीमा गम्भीर बन्नुहोस् !