३० जेठ, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले दुःख त्यो दिन मान्नु , जुन दिन म जिस्किन छोड्छु भनेर सामाजिक सञ्जाल फेसबुकमा मध्यरातमा स्टाटस् लेखेका छन् ।
मध्यरातमा स्टाटस् लेख्ने गरेका शाहले हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु,
यो समस्या हैन भन्दै जिस्किन छाडेका दिन समस्या हुने साँकेतिक चेतावनी प्रधानमन्त्ती शाहको छ । कता र कसलाई लक्ष गरेर प्रधानमन्त्री शाहले स्टाटस् त्यो लेखेको भन्ने ठोकुवा गर्न नसकिने भएपनि बिपक्षी दलहरु तथा प्रधानमन्त्री शाहको बिरुद्धमा सामाजिक संजालमा कमेन्ट गर्नेहरुप्रति भएको हुन सक्ने अनुमान भने लगाउन सकिन्छ ।
आजमात्र प्रधानमन्त्रीले गृहमन्त्री सुदन गुरुङ र भौतिक मन्त्रीसंगको तस्विर सााजिक सञ्जालमा राखेका थिए ।
उनको स्टाटस्ः
हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु ,
यो समस्या हैन !
दुःख त्यो दिन मान्नु , जुन दिन म जिस्किन छोड्छु !






