१६ मङ्सिर, काठमाडौँ । नेपाली काँग्रेसले पुस २६ देखि २८ गतेसम्म आफ्नो १५ औँ महाधिवेशन तोकेसँगै सदस्यता विषयमा सजिलो बनाएको छ ।
काँग्रेस पार्टीमा विगतका महाधिवेशनहरूमा जहिले सदस्यताको किचलो हुने गरेको थियो । तर अब आउने महाधिवेशनमा भने क्रियाशील सदस्य बन्न सजिलो बनाइएको छ ।
विगतका महाधिवेशन अगाडि काँग्रेसले जहिले निश्चित प्रतिशत क्रियाशील सदस्य थप्ने निर्णय गर्ने गरेकोमा यो वर्ष भने जति पनि क्रियाशील सदस्य थप्ने निर्णय गरेको छ ।
सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले पार्टीको क्रियाशील सदस्यता लिन चाहे विधानबमोजिम योग्यता पुगेका व्यक्तिलाई काँग्रेसले क्रियाशील सदस्य दिने भएको छ ।
मङ्सिर २४ गतेसम्म केन्द्रबाट क्रियाशील सदस्यको फारम पुग्ने र पुस ८ गते भित्र क्रियाशीलको काम सम्पन्न गर्नुपर्ने काँग्रेसको कार्य तालिकामा उल्लेख छ ।





